१३१ एम्पुल लागुऔषधसहित लामाचौरका सन्तु पक्राउ
पाेखरा | बैशाख १६, २०८०
पोखरा: कास्की प्रहरीले लागुऔषधसहित प्रहरीले एक जना युवकलाई पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय कास्की र लागुऔषध नियन्त्रण ब्यूरो शाखा पोखराबाट खटिएको प्रहरीको टोलीले लागु औषधसहित पोखरा –१९ लामाचौर जिमिरे बस्ने सन्तु घर्ती मगरलाई पक्राउ गरेको हो ।
कास्की प्रहरीका प्रवक्ता तथा डिएसपी श्रवण कुमार बिकका अनुसार पक्राउ परेका घर्तीमगरको साथाबाट डाईजापाम ४५ एम्पुल, फेनारगन ४९ एम्पुल र नुर्फिन ३७ एम्पुल गरी जम्मा १३१ एम्पुल लागुऔषध बरामद गरिएको थियो ।
पक्राउ परेका घर्तीमगरमाथि लागुऔषध सम्बन्धी मुद्धामा जिल्ला अदालतबाट ५ दिनको म्याद थप गरी अनुसन्धान भइरहेको कास्की प्रहरीले कार्यालयले जनाएको छ ।
सङ्खुवासभा: सङ्खुवासभाको चैनपुर नगरपालिका–१ नुनढाकीमा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । उक्त दुर्घटनामा तीन जना घाइते भएका छन् । चैनपुरबाट बिहीबारेतर्फ जाँदै गरेको प्र १&n...
पोखरा: १४ औं पोखरा महोत्सव सभ्य र भब्यताका साथ सम्पन्न भएको छ । गत पुष २९ देखि माघको ११ गते सम्म आयोजित महोत्सवको पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले एक समारोहका बीच समापन गरे । समापन समा...
काठमाडौंः आइतबार सम्पन्न राष्ट्रियसभा सदस्य पदका लागि भएको निर्वाचनको अन्तिम परिणाम सार्वजनिक गरिएको छ । आज राष्ट्रियसभामा रिक्त रहेको १८ पदका लागि निर्वाचन भएको थियो । कहाँ को विजयी भए हेर्नुहो...

